नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
यसअघि वार्ता टोली गठन गर्न संघले ७२ घण्टे अल्टिमेटम दिएको थियो । निर्धारित समयमा सरकारले वार्ता टोली गठन नगरेपछि संघले आन्दोलन घोषणा गरेको हो ।
आन्दोलनअन्तर्गत बिहीबार २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड–१९का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने जानकारी दिएको छ ।
२३ गते शुक्रबार देशभर आकस्मिक र कोभिड–१९का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघको कार्यक्रम छ ।
दुई दिनभित्र पनि वार्ता टोली गठन गरेर डा. केसीको सत्याग्रह अन्त्य गर्न आग्रह गर्दै संघले आन्दोलनको घोषणा गरेको हो । अन्यथा कडा आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।