काठमाडौंमा एक महिलामा कोरोना पुष्टि भएपछि गत चैत ११ बाट सरकारले लकडाउन घोषणा गर्यो। समय बित्दै गयो। कोरोना संक्रमण झन बढ्दै गयो। लकडाउन लम्बिदै जाँदा दैनिक मजदुरी गरी परिवार पाल्ने दलित विपन्नहरु संकट परे।
मजदुरी गर्न नपाएकाहरु लकडाउनका कारण भोकभोकै पर्नेहरु राहतको माग गर्न थाले। सरकारले राहत दिन ढिलाइ गर्यो। देशभर विभिन्न संघसंस्था र दाताहरुले राहत अभियान चलाए। एक दम्पतीले लहानका विपन्नलाई राहत दिने योजना बनाए। उनी हुन् महेश चौधरी र संगिता कर्माचार्य।
चैत १९ गतेदेखि उनीहरुले राहत वितरण अभियान चलाए। पहिलो पटक लहान नगरपालिका २४ खप्टे डाडामा राहत बाँडे। त्यसपछि पनि उनीहरुले राहत वितरण अभियानलाई निरन्ता दिए। हालसम्म करिब ३ हजार.दलित तथा विपन्नलाई राहत बाँडेको उनीहरु बताउछन्। समस्यामा परेकाहरु राहतका लागि चौधरी दम्पतीलाई फोन गर्न थाले। त्यसपछि चौधरी दम्पती खोजी खोजी राहत दिन थाले।
चौधरी लहानस्थित एपोलो ॐ बोर्डिङ स्कुलका सञ्चालक हुन्। उनकी एक छोरी अमेरिकामा छिन्। त्यसैले उनलाई राहत बाँड्न समस्या भएन। अन्य दाताहरुबाट पनि उनले सहयोग मागेर राहत बाँडे। जहाँ राहत वितरण बाँड्थ्यो, त्यहाँका जनप्रतिनिधिसँग समन्वय पनि गरेका थिए। धेरैले उनको अभियानलाई साथ दिएका थिए। समय अभाव देखाउँदै कुनै ठाउँमा जनप्रतिनिधि उपस्थित भएनन्। राहत अभियानपछि उनी चर्चामा आए।
जब उनको लोकप्रियता बढ्न थाल्यो, अनी उनीमाथि षड्यन्त्र गर्न थाले लहानका मेयर मुनी साह। भदौं ८ गते बसेको नगरको कार्यपालिका बैठकले उनीमाथि अदालतमा मुद्दा दायर गर्ने निर्णय गर्यो। राहत बाँडेर आफ्नो इज्जत बर्बाद गरेको भनेर चौधरीमाथि मुद्दा दायर गर्ने निर्णय नगर कार्य समितिले गर्यो। एकद्धार प्रणालीबाट राहत वितरण गर्ने निर्णय नमानी राहत बाँडेको आरोप चौधरीमाथि लगाइयो।
तर चौधरीमाथि अदालतमा मुद्दा दायर गर्ने निर्णय सार्वजनिक भने गरिएका छैन। तर यसबारे जनप्रतिनिधरुले नै बोल्न थालेपछि चौधरीले थाहा पाए।
उनीले पाँच दिन अगाडी पत्रकार सम्मेलन गरी दलित विपन्नलाई राहत बाँड्दा आफुमाथि लहानका मेयर साहले मुद्दा दायर गर्न लागेको भन्दै दुःख व्यक्त गरे।
चौधरी भन्छन्, ‘लकडाउनमा भोकभोकै भएका दलित विपन्नलाई राहत बाँड्दा म कसको के बिगार गरेँ ?
राहत बाँडेका बेला के ही नभन्ने अनि अहिले आएर मुद्दा लगाउन खोज्नु नालायकिपन भएको उनीको ठहर छ। ‘दलित विपन्नलाई राहत बाँडेर म अन्याय गरेको छु भने सजाय भोग्न तयार छु' उनले भने, ‘अहिले पनि राहत बाँड्ने कार्यलाई निरन्तरता दिएको छु।’
गरिब दलितलाई राहत बाँड्ने प्रशंसा गर्नुको साटो अदालतमा मुद्दा हालेर फसाउने निर्णयको गरेको भन्दै लहानका बुद्धिजिवी र दलित अगुवाले निर्णयको विरोध छन्
चौधरीमाथि मुद्दा दायर गर्ने निर्णय खारेजको माग गर्दै दुई दिनअगाडी लहानका दलित विपन्नहरु जुलुस नै निकाले।
निर्णयबारे वडाध्यक्ष अनभिज्ञ
लहान नगरपालिकाको कार्यापालिका बैठकले चौधरीमाथि मुद्दा दायर गर्ने निर्णय गरेकोबारे थाहा नभएको वडा नम्बर ७ का अध्यक्ष राकेश गुप्ता रोषण बताउछन्। उनले भने, ‘निर्णयबारे मलाई केही थाहा छैन तर सुनेको चाहीँ छु।’
निर्णयमा आफुहरुको सहमत नभएको उनले प्रष्ट्याए। बैठकको उपस्थितिमा हस्ताक्षर गराउँछ तर निर्णय भएपछि क्लोजमा हस्ताक्षर नै नगराएका उनको भनाइ छ।
निर्णयबारे मेयर साह र उममेयर खेमनन्द भुसाल बोल्न चाहेनन्। निर्णय भदौं ८ मै गरेको भएपनि हालसम्म अदालतमा भने मुद्दा दायर गरिएको छैन।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।