सरकारले अनशनरत डा. गोविन्द केसीसँग वार्ताका लागि समिति गठन गरेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी अनशन बसेको २४औं दिनमा सरकारले वार्ता समिति बनाएको हो ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य छन् ।
शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिएका छन् ।
डा. केसीसँग अविलम्ब वार्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत अन्य विपक्षी दल, चिकित्सक संघ र नागरिक स्तरबाट पनि चर्को दबाब परेपछि सरकारले वार्ता समिति गठन गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।