ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु
फाइल तस्वीर ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ । 

नेकपाका यी दुई अध्यक्ष केही सातायता बारम्बार भेटघाटमा छन् । तर, उनीहरुबीच पछिल्ला असहमतिबारे कुनै निष्कर्ष निस्कन सकेको छैन । 

पछिल्लो समय अमेरिका र बेलायतका लागि नेपाली राजदूत नियुक्तिमा ओलीले पार्टीसँग कुनै छलफल नगरेको आरोप ओलीइतर समूहले लगाउँदै आएको छ । यसअघि नेकपामा चलेको लामो समयको विवादलाई मत्थर बनाउने हेतुले मन्त्रिपरिषद् पनि हेरफेर गर्ने योजनामा यी दुई अध्यक्ष सहमत भएका थिए ।

तर, मन्त्रिपरिषद् हेरफेरबारे पनि यी दुई अध्यक्ष अन्तिम सहमतिमा पुगेका छैनन् । 

आजको बैठकमा यी विषयमा छलफल हुनसक्ने प्रचण्डनिकट एक नेताले फरकधारलाई बताएका छन् ।





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १२:८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया