\


सरकारी टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता जारी
फरकधार / २२ असोज, २०७७
यो सामग्री सेयर गर्नुहोस्

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज (बिहीबार) सिंहदरबारमा वार्ता भइरहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधि बिच आज वार्ता भइरहेको छ । डा. केसीसँग वार्ता गर्नका लागि सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । जसमा मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सदस्य छन् ।

सरकारले वार्ता टोली गठन गरेसँगै डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको थियो । वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल सदस्य छन् । चिकित्सा शिक्षा सुधारका लागि विभिन्न मागहरु राख्दै डा. केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट अनशन सुरु गरेका हुन् । डा. केसीले आमरण अनशन सुरु गरेको आज २५ औं दिन पुगेको छ । 





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १३:८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया