बजार सडेको मासु बिक्रीमा !

काठमाडौंको मैतिदेवीमा सञ्चालित चण्डीकालिका मासुपसलमा सडेको मासु बिक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ ।

महानगरपालिकाले गरेको नियमित अनुगमनका क्रममा मासुपसलमा केही मात्रामा सडेको कुखुराको मासु बिक्री गर्न राखेको पाइएको थियो । उक्त मासुलाई अनुगमनमा गएको टोलीले नष्ट पारेको छ । त्यस्तै मासुपसलमा म्याद गुर्जेको मसला समेत पाइएको छ । महानगरपालिकाका पशुविकास अधिकृत डम्बरबहादुर बमले मासुपसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताए । त्यस्तै पसलमा अस्तव्यस्त रुपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकाले स्पष्ट जवाफ सहित महानगरमा आउन भनिएका बमले बताए । 

महानगरपालिकाले मैतिदेवि क्षेत्रका अन्य खाद्य पसलहरुमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरेको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरेको पाइएकाले सचेत गराइएको उनले बताए ।





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १३:५९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया