भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेटौंडामा आयोतिज एक कार्यक्रमबीच प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
रंगशाला निर्माण तीव्र गतिमा भएको भन्दै खुसी बनेका मुख्यमन्त्री पौडेलले रंगशाला निर्माण परियोजना छिटो सक्न शुभकामना समेत दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलाल बागमती प्रदेशमा राष्ट्रिय गौरवको परियोजना बन्नु गौरवको विषय भएको बताए ।
रंगशाला निर्माणका लागि यसअघि हेटौंडा उपमहानगरपालिकाले पनि ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।
यसैगरी केही साता अघि मात्रै भरतपुर महानगरपालिकाले ५० लाख सहयोग गरेको थियो । भरतपुर महानगरपालिकाले दिने भनेर घोषणा गरेको गत वर्षको ६ करोड सहयोग रकम अझै दिन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।