मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरी उपत्यकामा जग्गा किनबेच र अतिक्रमण रोक्न निर्देशन दिएका छन् । गैरकानुनी रुपमा हुने जग्गा किनबेच तथा अतिक्रमण रोक्न पोखरेलले कर्मचारीलाई निर्देशन दिएका हुन्।
स्थायी राजधानीका मुकाम तोकिएसँगै प्रदेशर सरकारले जग्गा किनबेचमा र कित्ताकाटमा रोक लगाएको थियो ।
यस क्षेत्रमा राजधानी रहने चर्चा सुरु भएसँगै जग्गा कारोबारीहरुको चहल–पहल निकै बढेको छ । व्यापारी र स्थानीय बीचको गैरकानुनी किनबेचको क्रम चलिरहेको स्थानीयहरु गुनासो छ । राजधानी तोकिएसँगै स्थानीयदेखि ठूला उद्योग , व्यापारीले समेत जग्गाको बैना दिने र कागज गर्ने काम भइरहेको छ ।
व्यवस्थित सहर बनाउने गरी गुरुयोजना निमार्ण गरी संरचना बनाउनु पर्ने मुख्यमन्त्री पोखरेलको भनाइ छ । ‘राजधानीले राप्ती उपत्यमा सुन्दर शहर निर्माण गरी राप्ती नदीको सभ्यता विश्व समुदायसम्म परिचित पार्ने छ’पोखरेलले भने–‘आजको गुरु योजनाले पाँच दशक पछिको शहर निर्माण गर्नेछ र क्रमिक रुपमा काम हुँदैन जानेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।