\
नेपाल विद्यार्थी संघ (नेवि संघ) ले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दबाब दिन भन्दै विरोध प्रदर्शन गरेको छ ।
नेवि संघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेवि संघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए । तर, सरकारले डा. केसीका माग पूरा गर्न गम्भीर नदेखिएको काफ्लेले बताए । सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लीन भएकाले डा. केसीका माग सम्बोधन गर्न नचाहेको बताए ।
विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानर सहित उपस्थित भएका थिए । ‘डा. गोविन्द केसीको माग पूरा गर’, ‘मेडिकल माफिया मुर्दावाद’, ‘दूरदराजमा मेडिकल कलेज खै’ लगायत लेखिएका ब्यानर लिएर विद्यार्थी उपस्थित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।