अमेरिकाको मेरिल्याण्डमा बैंक लुट्दै गर्दा नेपाली पक्राउ

विदेशमा नेपालीहरुको इमानदारीको प्रशंसा धेरै सुनिएको छ । नेपालीको इमानदारीकै कारण अहिले पनि विभिन्न विदेशी कम्पनीले कामदार माग गर्दा नेपालीलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् ।

तर, प्रख्याती मात्रै होइन, छिटपुट रुपमा नेपालीहरुको कुख्यातीका घटना पनि सुनिन्छन् । अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको यस्तै एक कुख्यातीको समाचार बाहिरिएको छ । 

मेरिल्याण्डमा बैंक लुटपाट गर्दैगर्दा नेपाली मूलका ३० वर्षीय सम्राट लामा पक्राउ परेका छन् । गेथसवर्गमा बैंक लुटपाट गर्न लागेको अवस्थामा मोन्टगोमरी काउन्टी छैटौँ डिस्ट्क्ट र गेथसबर्ग प्रहरी विभागका अधिकारीहरुले लामालाई पक्राउ गरेका हुन् । 

मंगलबार बैंकका कर्मचारीले लुटपाट भइरहेको जानकारी प्रहरीलाई दिएका थिए । फोन पाएको दुई मिनेटभित्रै प्रहरीहरू बैंकमा पुगेका थिए । 

त्यतिबेलासम्म लामा बैंकभित्रै पैसा झोलामा हाल्दै थिए । समयमै प्रहरी पुगेका कारण उनी भाग्न पाएनन् । त्यसपछि पक्राउ परेका उनी अहिले प्रहरी हिरासतमा छन् । 





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १८:१७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया