गगनको ठहर : कोरोना महामारी जटिल अवस्थामा पुग्नुको मूल जड प्रधानमन्त्रीको गलत कार्यशैली

कोरोना संक्तमण भएपछि अहिले ओम आइसोलेसनमा रहेका नेपाली कांग्रेसका युवा सांसद गगन थापाले कोरोना महामारी जटिल अवस्थामा पुग्नुको मूल जड प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कार्यशैली भएको आरोप लगाएका छन् ।

‘यो अवस्था आउन नदिन पूर्वतयारी गरौँ, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटक–पटक नभनेको होइन, तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन,’ बिहीबार ट्विट गर्दै थापाले लेखेका छन्, ‘समय, स्रोत, सहयोग सबै थियो, तर तपाईंको सोच र शैलीका कारण जटिल अवस्थामा पुगेका छौँ, टार्न सकिने अवस्थाबाट चिर्नै नसक्ने जस्तो अवस्थामा पुगेका छौँ । 

पछिल्लो समय कोरोना संक्रमितलाई जटिलता हुँदा आइसोलेसनमा राखेर उपचार गर्न र सघन उपचारका लागि कहीँ बेड उपलब्ध नभएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले समयमै नसोचेको पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाको भनाइ छ ।

उनले ट्विटरमा थप लेखेका छन्, ‘एकातर्फ काठमाडौँबाहिर परीक्षणको संख्या घट्दै गएको छ, तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ । अर्कोतर्फ काठमाडौंमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ, न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ। केही समस्या भइहाले के गर्ने, सबैमा अलमल छ ।’

अहिले पनि प्रधानमन्त्रीको प्राथमिकतामा महामारीविरुद्ध भन्दा मन्त्रिमण्डल भागबण्डा भएको भन्दै उनले लेखेका छन्। ‘योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन । अहिले मन्त्रीमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस् । बेहोस भए मात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस् ।’





  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १९:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया