लुम्बिनी प्रदेशसभाका सभामुख घर्तीलाई कोरोना

लुम्बिनी प्रदेश प्रदेशसभाका सभामुख पुर्ण घर्ती मगरलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य ज्वरो आएपछि सभामुख घर्ती मगरको बिहीबार स्वाब संकलन गरी पिसिआर  गरिएको थियो । 

शुक्रबार सभामुख घर्ती मगरको रिपोर्ट पोजेटिभ आएको सभामुखका प्रेस सल्लाहकार गणेश वलीले जानकारी दिए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र सभामुख क्वार्टर बुटवलमा आइसोलेसनमा बसेको प्रेस सल्लाहकार वलीले बताए ।





  • प्रकाशित मिति : असोज २३, २०७७ शुक्रबार १८:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया