नायिका सना खानले बलिउड छाड्ने

बलिउड नायिका सना खानले अब बलिउड छाड्ने निर्णय गरेकी छन् । उनले अब आफू बेसहाराको सेवामा लाग्ने संकेत गरेकी छिन् । ‘बिग बोस ६’ बाट चर्चामा आएकी उनले सामाजिक सञ्जालमार्फत बलिउड छाड्ने घोषणा गरेकी हुन् ।

सनाले सन् २००५ मा हिन्दी फिल्म ‘यही हे हाई सोसाइटी’बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यसपछि उनले बलिउड, मलयालम, तमिल, तेलुगु, कन्नड जस्ता फिल्ममा काम गरिसकेकी छिन् । आफूलाई यो स्थानसम्म आइपुग्न सहयोग गर्ने सबैले उनले धन्यबाद दिएकी छिन् ।

उनले लेखेकी छन्, ‘दाजुभाइ तथा दिदीबहिनी, आज म मेरो जिन्दगीको महत्वपूर्ण मोडको बारेमा तपाईंहरूसँग कुरा गर्दैछु । म वर्षौंदेखि सोबिजमा छु र यसबाट मलाई नाम, इज्जत र पैसा आयो जसका लागि आभारी छु । तर केही दिनदेखि मलाई मानिस यो दुनियाँमा आउनुको मतलब के धन र इज्जतमात्र कमाउन हो त ? के बेसहाराको सेवामा जीवन बिताउनु उसको कर्तव्य होइन ? के मान्छेले उसको मृत्यु जतिबेला पनि हुनसक्छ भनेर सोच्नुपर्दैन ? मलाई यी प्रश्नको उत्तरको खोजी वर्षौदेखि थियो । खासगरी दोस्रो प्रश्नको । मरेपछि ऊ के हुने हो भन्ने ? मैले यी प्रश्नको उत्तर धर्ममा खोजेँ र त्यहाँबाट मलाई थाहा भयो यो दुनियाँको जीवन त मृत्युपछिको जीवन राम्रो बनाउनलाई रहेछ ।’

मानिसले उसलाई सिर्जना गर्ने भगवानको चाहनाअनुसार जिन्दगी बिताउँदा अझ राम्रो हुने उनले बताएकी छिन् । सम्पति र नामलाई आफ्नो लक्ष्य बनाउनुभन्दा  पापको जीवनबाट बचेर मानवताको इज्जत गर्नुपर्ने उनको भनाइ छ ।

आफूलाई ल्याउनेले बताएको बाटोमा चल्नुपर्ने भन्दै उनले लेखेकी छिन्, ‘त्यसै कारण मैले आज सोबिजको जीवन छोडेर मानवताको सेवामा र मलाई जन्माउने भगवानकाे बाटोमा हिँड्ने दृढ अठोट लिएको छु । म मेरा तमाम दाजुभाइ तथा दिदीबहिनलाई मलाई सोबिजमा काम गर्नका लागि नबोलाउन अनुरोध गर्दछु । धेरै धेरै धन्यवाद ।’ 





  • प्रकाशित मिति : असोज २३, २०७७ शुक्रबार २०:३१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया