अर्घाखाँचीमा एकै परिवारका आठजना कोरोना संक्रमित

अर्घाखाँचीमा एकै परिवारका आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिका १ मा बस्दै आएका एकै घरका आठजनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

शीतगंगा–७ जलुके स्थायी घर भएका विशाल खड्काले आफ्नी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको जानकारी दिएका छन् । उनको परिवारका आठसँगै  जिल्लामा शनिबार थप ३४ कोरोना सङ्क्रमित थपिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदाय स्तरका ३४ जना कोरोना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । 

हालसम्म अर्घाखाँचीमा कोरोनाका सङ्क्रमणबाट चार जनाको ज्यान गएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या ४८६ पुगेको छ । तीमध्ये ९० जना सक्रिय सङ्क्रमित छन् । 





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार १९:१६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया