शनिबारः नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

शनिबार नेपालमा पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिए । नेपालमा यही दिन १५ जनाले कोरोनाभाइरसका कारण ज्यान पनि गुमाएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो गरेको पत्रकार सम्मेलनमा १४ जनाको निधन कोरोनाका कारण भएको जानकारी दिएको थियो । 

शनिबार साँझ नै भरतपुरमा कोरोनाभाइरस संक्रमणका कारण एक पुरुषको पनि निधन भएको छ । भरतपुर महानगरपालिका १ का ४७ वर्षीय पुरुषको शनिबार निधन भएको हो । उनी शुक्रबार मात्र ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएका थिए । 

योसँगै शनिबार मात्र नेपालमा १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ सय १५ पुगेको छ ।





  • प्रकाशित मिति : असोज २४, २०७७ शनिबार २०:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया