विराट कोहलीको उच्च प्रदर्शनको श्रेय अनुष्कालाई

रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान विराट कोहलीका लागि शनिबारको दिन निकै खास थियो । उनको टिमले महेन्द्रसिंह धोनीको टिम चेन्नई सुपर किंग्सलाई हालसम्मकै सबैभन्दा ठूलो (३७ रन) को जित हासिल गरेको थियो । 

हाल सयुक्त अरब इमिरेट्मा जारी लिग अन्र्तगतको २५औं खेल शनिबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा बैंग्लोरका र चेन्नई बीच भएको थियो । उक्त खेलमा कप्तान विराट कोहलीको अविजित ९० रनको मद्दतमा  टिमले १६९ रन बनाएको थियो । १७० रनको लक्ष्य पछ्याएको चेन्नईले १३२ रन मात्र बनाउन सक्यो ।  
विराट कोहली तथा बैंग्लोरका समर्थकले कोहलीको यो उत्कृष्ट प्रदर्शको श्रेय उनकी पत्नी अनुष्का शर्मालाई दिएका छन् । 

ती समर्थकले यदि विराटको यो उत्कृष्ट प्रदर्शको श्रेय अरु कसैलाई जान्छ भने त्यो अनुष्कालाई नै जान्छ भन्दै सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरिरहेका छन् । 

अनुष्का शनिबार भएको खेल हेर्न युएई पुगेकी थिइन् । क्यामेराम्यानले  पनि उनलाई बारम्बार देखाइरहेका थिए । कोहलीले अर्धशतक प्रहार गरेपछि अनुष्कातर्फ नै ब्याट देखाउँदै खुसी मनाएका थिए भने अनुष्काले पनि उनको हौसला बढाइरहेकी थिइन् । 

यो भन्न मुस्किल छ की अनुष्काको उपस्थितिले नै कोहलीलाई उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा मिलेको हो  । तर, उनको उपस्थितिले विराटमा केही ऊर्जा थपिएको चाहिँ पक्कै हो । 

अनुष्कालाई विराटको उच्च प्रदर्शनको श्रेय अनुष्कालाई दिइरहेका समर्थकको तर्क छ, ‘हामीले कोहलीको खराब प्रदर्शनमा अनुष्कालाई दोषी ठानिरहेका हुन्छौंँ भने उच्च प्रदर्शनको श्रेय उनलाई किन नदिने ?’




 



  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १४:३५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया