विप्लवमाथिको प्रतिबन्ध फकुवा गर्न २१ राजनीतिक संगठनको माग
फाइल फोटो

नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीेलाई सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न विभिन्न संगठनले माग गरेका छन् । 
विभिन्न २१ राजनीतिक संगठनले कार्यगत एकताको घोषणा गर्दै विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेका हुन् । 

ती संगठनहरुले कार्यगत एकताको घोषणासहित संघर्षका कार्यक्रमहरु घोषणा गरेका छन् । संगठनको शनिबार बसेको बैठकले संघर्षका कार्यक्रम घोषण निर्णय गरेको हो । 
‘एमसीसीको खारेजी, नेपालको वास्तविक नक्सा अनुसारको भूभाग हासिल गर्ने र भारतद्वारा गरिएका नयाँ अतिक्रमणको विरोध, कोभिड–१९मा सरकारबाट भएका भ्रष्टाचार, गैरजिम्मेवारीपन आदिको विरोधमा संघर्ष गर्ने उनीहरुको भनाइ छ । 

‘निःशुल्क उपचारको व्यवस्था, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्न लगायतका न्यूनतम आवश्यकताको परिपूर्ति, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण आदिको माग गर्दै माइतीघर मण्डलामा सशक्त विरोध प्रदर्शन गरिनेछ’, संगठनका तर्फबाट सीपी गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्रदर्शनका दौरानमा कोभिड–१९ सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरिने बताइएको छ । 

कार्यगत एकतामा आबद्ध संगठनमा  नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), राष्ट्रिय जनमोर्चा नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जन समाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद् नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र नेकपा (माओवादी) रहेका छन ।





  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १५:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया