विदेशी मदिरा र महँगा गाडी आयात खुलाउने सरकारको निर्णय

सरकारले विदेशी मदिराको आयात खुलाउने निर्णय गरेको छ । नेपालमा व्यापार घाटा कम गर्न भन्दै सरकारले गत चैत १६ गतेदेखि विदेशी मदिराको आयातमा बन्देज लगाएको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विदेशी मदिराको आयात खुलाउने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् ।

चैत १६ गते बन्देज गरेको प्रतिबन्धको निर्णय सोही महिना २४ गते राजपत्रमा प्रकाशित भएकोमा त्यसलाई मन्त्रिपरिषदले अर्को राजपत्र प्रकाशन गरेर खुलाउने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले ५० हजार अमेरिकन डलरभन्दा बढी मूल्यका गाडी खरिद गर्न लगाइएको बन्देज हटाएको छ । यो निर्णय कूटनीतिक नियोगका व्यक्तिका हकमा मात्रै लागू हुनेछ । अन्यका हकमा बन्देज कायम छ । 





  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १७:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया