क्रिकेट मैदानका कर्मचारीलाई सन्दीपको आर्थिक सहयोग

 नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले टियु क्रिकेट मैदानका कर्मचारीलाई आर्थिक सहयोग गरेका छन् । क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न जानुअघि उनले क्रिकेट मैदानका कर्मचारीलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

आइतबार मैदानका इन्चार्ज मधु तामाङलाई घोषणा अनुसारको रकम हस्तान्तरण गरिएको सन्दीपका व्यवस्थापकसमेत रहेका नेपाली क्रिकेट टिमका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनकारी दिएका हुन् ।

लामिछाने हाल इन्डियन प्रिमियर लिग खेल्न युएईमा छन् । सन्दीप सम्मिलित दिल्ली क्यापिट्ल्सले लिगको ६ खेल खेलिसक्दा उनले भने खेल्ने मौका पाएका छैनन् । 





  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १७:५१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया