मन्त्रिपरिषद् बैठकः विभिन्न ६ नियुक्ति

गत असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा नियुक्ति गरेको छ । 

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश (प्रकाश) पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम विकास परिषदको अध्यक्षमा डा. वशिष्टप्रसाद रिजाललाई मनोनयन गर्ने निर्णय गरेको छ । 

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार लुम्बिनी विकास परिषदको सदस्यसचिवमा सानुराजा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

यस्तै, औषधि परामर्श परिषदमा संघरत्न बज्राचार्य, बाबुराम हुमागाईं र दीपकप्रसाद दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रको अध्यक्षमा डा. देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 



यस्तै, सिंहदरबार वैद्यखानाको अध्यक्षमा डा. बाबुराजा अमात्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । 
 



  • प्रकाशित मिति : असोज २५, २०७७ आइतबार १८:१४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया