नेशन्स लिग : बेल्जियममाथि इङ्ल्याण्डको जित

नेशन्स लिग फुटबल अन्तर्गतको खेलमा इङ्ल्याण्डले बेल्जियममाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा समूह ए टूमा रहेको इङ्ल्याण्डले बेल्जियमलाई २–१ हराउन सफल भएको हो । 

 १६ औँ मिनेटमा  नै बेल्जियमले गोल गरी खेलमा अग्रूता बनाएको थियो । पेनाल्टीको सदुपयोग रामेलु लुकाकुले गोल गरी बेल्जियमलाई सुरुवाति अग्रता दिलाएका थिए ।

पहिलो हाफमै इङ्ल्याण्डले पनि पेनाल्टीको अवसर पायो । ३९ औँ मिनेटमा  त्यसलाई  मार्कस रासफोर्डले गोलमा परिणत गरेर खेलबराबरी गरे ।  

६४औँ मिनेटमा म्यासन माउन्टले गोल गरेपछि इङ्ल्याण्डले २–१ को जित निश्चित गरेको हो।

जितपछि तीन खेलबाट सात अंक जोडेको इङ्ल्याण्ड समूहको शीर्ष स्थानमा पुगेको छ । ६ अंकसहित बेल्जियम दोस्रो स्थानमा छ ।





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार ८:६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया