पाँचौं जितको खोजीमा कोलकत्ता र बैंग्लोर

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सोमबार हुने खेलमा कोलकत्ता नाइटराडर्स र रोयल च्यालेन्जर्स बैंग्लोर एकअर्कासँग भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने ८ वजे शारजाह क्रिकेट मैदानमा हुनेछ ।

एकअर्काका विरुद्ध मैदानमा उत्रिँदा दुवै टिमको लक्ष्य हुनेछ पाँचौं जित । पछिल्लो समय लयमा देखिएका यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ ।
शारजाहको मैदान ब्याटिङ सुहाउँदो मानिन्छ । छोटो बाउन्ड्री रहेको यो मैदानमा आजको खेलमा धेरै चौका छक्का प्रहार हुने सम्भावना छ । दुवै टिममा पावर हिटर रहेकाले खेल निकै रोमाञ्चक हुनेछ । 

कोलकत्ता आजको खेलमा जित निकाल्दै अंक तालिकामा आपूmलाई बलियो बनाउने प्रयासमा हुनेछ । हाल कोलकत्ता ६ खेलबाट ४ जित र २ हारको नतिजासहित अंक तालिकाको तेस्रो स्थानमा छ ।  

कप्तान दिनेश कार्तिक लयमा देखिनु कोलकत्ताका लागि राम्रो संकेत हुन सक्छ । उनले पञ्जाव विरुद्ध ५८ रनको पारी खेलेका थिए । आन्द्रे रसेल तथा प्याट कमिंसले सोचे अनुरुपको प्रदर्शन गर्न नसक्नु कोलकत्ताका लागि चिन्ताको विषय बन्न सक्छ । 

कोलकत्ताका लागि सुभमन गिलले २ अर्धशतक सहित २२० तथा इयान मोर्गनले १६७ रन प्रहार गर्दा बलिङमा आन्द्रे रसेल, सुनिल नारायण, शिवम मावी तथा वरुण चक्रवर्तीले समान ५–५ विकेट हात पारेका छन् ।

बैंग्लोर आजको खेलमा जित निकाल्दै तेस्रो स्थानमा उक्लिने प्रयासमा हुनेछ ।  उसलाई आफ्नो रन रेटमा सुधार गर्न पनि आजको खेल जित्नै पर्ने हुन्छ । ६ खेलबाट ४ जित र २ हारको नतिजासहित लिगको चौथो स्थानमा रहेता पनि बंैग्लोरको रन रेट माइनस ०.८२० छ । 



कप्तान विराट कोहलीले लय समात्नु बैंग्लोरका लागि राम्रो संकेत हो । उनले चेन्नई विरुद्ध अविजित ९० रनको उत्कृष्ट पारी खेलेका थिए । 

बैग्लोरका लागि कप्तान कोहलीले २ अर्धशतक सहित २२३ तथा युवा ब्याट्म्यान देवदत्त पडिक्कलले ३ अर्धशतकसहित २११ रन प्रहार गर्दा बलिङमा युजवेन्द्र चाहलले ९ तथा इसरु उडानले ५ विकेट हात पारेका छन् ।



चेन्नई विरुद्ध पहिलो खेल खेल्ने मौका पाएका अलराउन्डर क्रिस मोरिसले राम्रो छाप छाडेका छन् । उनले ४ ओभर बलिङ गर्दा मात्र १९ रन खर्चिएर ३ विकेट हात पारेका थिए । 

हालसम्म यी दुई टोलीबीच भएको २४ खेलमा कोलकत्ताले १४ तथा बैग्लोरले १० खेल आफ्नो पक्षमा पारेका छन् । पछिल्ला पाँच खेललाई हेर्दा पनि कोलकत्ता नै बलियो स्थितिमा देखिन्छ ।

कोलकत्ताले ४ खेल आफ्नो पक्षमा पार्दा १ खेल मात्र गुमाएको छ । गत सिजनमा भएका दुई भेटमा दुबै टोलीले सामान १–१ खेल आफ्नो पक्षमा पारेका थिए ।

  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १३:१६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया