ऋषभ पन्त १ साता मैदान बाहिर

इन्डियन प्रिमियर लिग (आइपिएल) टिम दिल्ली क्यापिटल्सका विकेट किपर ब्याट्म्यान ऋषभ पन्त करिब १ साता मैदान बाहिर रहने भएका छन् । शुक्रबार राजस्थान विरुद्धको खेलमा मांसपेशीमा समस्या देखिएपछि पन्तले आइपिएलका केही खेल गुमाउने टिमका कप्तान श्रेयस अय्यरले जानकारी दिए । 

पन्त गएराति भएको मुम्बई विरुद्धको खेलमा पनि मैदानमा उत्रिएनन् । ‘ऋषभको मांशपेशीमा समस्या देखिएको छ र डक्टरले उनलाई कम्तिमा पनि १ साता आराम गर्ने सल्लाह दिएका छन्,’ खेलपछि अय्यरले भने । यो दिल्लीका लागि पक्कै पनि राम्रो संकेत होइन तर मलाई आशा छ उनी मैदान फर्किएपछि उत्कृष्ट प्रदर्शन गर्नेछन् ।’

ऋषभ १ साता मैदानबाहिर रहने भएपछि दिल्लीमा विकेट किपरका रुपमा अष्ट्रेलियन खेलाडी एलेक्स केरी मात्र छन् । दिल्लीसँग केरीलाई खेलाउनुको विकल्प छैन । 
केरीलाई खेलाउँदा दिल्लीको तल्लोक्रम केही कमजोर बन्ने देखिन्छ किनकि उनले सिम्रन हेटमायरको स्थान लिनेछन् । 

मुम्बई विरुद्धको खेलमा पनि तल्लोक्रममा समस्या देखिएको थियो । युवा खेलाडीलाई मैदानमा उतारेको दिल्लीले यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको छ । ७ खेलमा ५ जित रु २ हारको नतिजा निकालेको दिल्ली लिगको दोस्रो स्थानमा छ । ऋषभले दिल्लीका लागि ६ खेलमा १७६ रन बनाएका छन् ।

दिल्लीले आफ्नो आठौं बुधबार खेल राजस्थान रोयल्स तथा नवौं खेल शनिबार चेन्नई सुपर किंग्स विरुद्ध खेल्नेछ ।     





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १३:५४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया