नेकपा कर्णाली प्रदेश संसदीय दलले बैठक आह्वान गर्यो

सत्तारूढ दल नेकपा कर्णाली प्रदेश संसदीय दलले बैठक बोलाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबार दिउँसो १ बजेका लागि दलको बैठक बोलाइएको जानकारी दिए । मुख्यमन्त्रीमाथि साथीहरूले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको छ,’ प्रमुख सचेतक शाहले भने । 

‘बहुमत सदस्यले प्रस्ताव ल्याएकाले बैठक बोलाइएको शाहले बताए,’ शाहले भने,  ‘त्यस विषयमा बैठकमै छलफल हुन्छ ।’

मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै दल नेकपाका १८ सांसदले सोमबार अविश्वासको प्रस्ताव पेश गरेका छन् । यमलाल कँडेलको नेतृत्वमा पूर्व माओवादीतर्फका ५ जनासहित १८ जनाले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

कर्णाली प्रदेशमा ४० जना सदस्यमध्ये नेकपाको ३३ जना सांसद रहेका छन् ।





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १४:५८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया