क्यानको वार्षिक साधारणसभा स्थगित

नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारणसभा अर्को महिनासम्मका लागि स्थगित भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएपछि असोज २८ र २९ गते बस्‍ने तय भएको साभारण सभा स्थगित भएको हो ।

उनीहरुलाई पूर्ण निको नभइसकेको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएकाले साधारणसभा रोक्नुपरेको क्यानका कोषाध्यक्ष रोशनबाहादुर सिंहले जानकारी दिए ।

अब क्यानको वार्षिक साधारणसभा मंसिरभित्र गरिसक्ने योजना रहेको कोषाध्यक्ष सिंहले जानकारी दिए ।

यसअघि असोज ६ गते चितवनमा बसेको क्यानको कार्यसमिति बैठकले असोजको २८ र २९ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो ।





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १६:१८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया