मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत : भीम रावल

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे नेकपाका नेताहरुले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । यसैक्रममा नेकपाका नेता भीम रावलले  कर्णालीमा भएको खिचातानीलाई ‘नेकपामा अनिष्टको संकेत’का रुपमा टिप्पणी गरेका छन् । 

पार्टीको स्थायी कमिटीले संघीय र प्रदेश सरकारको हेरफेरको निर्णय गरे पनि त्यसको कार्यान्वयन नहुँदै आफूखुसी अविश्वास प्रस्ताव ल्याइएको भन्दै उनले सामाजिक सञ्जाल ट्विटरमार्फत नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

उनले लेखेका छन्– ‘नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिँदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुन सक्छ । समयमै नेतृत्वको गम्भीर ध्यान जाओस् । देशहित ठूलो हो ।’





  • प्रकाशित मिति : असोज २६, २०७७ साेमबार १९:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया