सोमबार बसेको मन्त्रिपरिषद बैठकले अन्तर्राष्ट्रिय सीमानाका अझै एक महिना नखोल्ने निर्णय गरेको छ ।
सरकारले कोरोना भाइरसको महामारी थप बढ्न नदिन थप एक महिना सीमानाका नखोल्ने निर्णय गरेको हो ।
सरकारले यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमानाका असोज मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो । सोमबारको बैठकले त्यसलाई निरन्तरता दिने निर्णय गरेको हाे ।
त्यस्तै, आजको बैठकले मानवअधिकारसम्बन्धी पञ्चवर्षीय कार्ययोजना पारित गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।