‘मेस्सीसँगको मेरो सम्बन्धका कारण उनीहरु निराश थिए’

बार्सिलोनाका पूर्वस्टार स्ट्राइकर लुइस सुआरेजले मेस्सीसँगको सम्बन्धका कारण बार्सिलोनाले आफूलाई बाहिर पठाएको बताएका छन् । केही साताअघि मात्र ला लिगा क्लब एट्लेटिको मड्रिडमा आवद्ध भएका सुआरेजले यस्तो खुलासा गरेका हुन् । 

खेलको मुद्दा भए समाधान हुनसक्थ्यो भन्दै इएसपीएनसँग कुरा गरेका सुआरेजले यस्तो बताएका हुन् । 

‘क्लबमा खेलको मुद्दा भए म समाधान गर्न चाहन्थेँ’, सुआरेजले भनेका छन्, ‘लाग्छ, उनीहरु मेस्सीँसँग मलाई छुटाउन चाहन्थे । मेस्सीसँगको मेरो सम्बन्धका कारण उनीहरु निराश थिए।’

मेस्सीको धेरै सम्झना गरेका सुआरेजले मैदानमा मेस्सी र आफ्नो आवश्यकता अझै रहेको बताएका छन् । उनले आफूहरुलाई छुटाउने कारण नभेटेकोसमेत बताएका छन् ।

कोरोना भाइरसका कारण वित्तिय अवस्था खराब बनेको भन्दै बार्सिलोनाले फरवार्ड सुआरेजलाई अर्को क्लबमा पठाएको हो । क्लबको हठात निर्णयले तनावकै बीच उनले बार्सिलोना छाडेका थिए । 

सुआरेजले मेसीले पनि क्लब छोड्न सक्ने बताएका छन् । यद्यपि मेसीलाई क्लब र साथीको महत्व थाहा भएको उनले बताए । बार्सिलोना बोर्ड परिवर्तन भए मेस्सीले क्लबलाई निरन्तरता दिने नत्र छोड्न सक्ने उनको भनाइ छ । 



सुआरेज बार्सिलोनाका सर्वाधिक तेस्रो गोलकर्ता हुन् । उनले नाउ क्याम्पमा ६ वर्ष रहँदा १९८ गोल गरे । 



  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार ७:३०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया