बैतडी र बझाङमा भोलिदेखि उडान
धनगढी विमानस्थल । तस्बिर : फरक धार

 धनगढीबाट यात्रु बोकेर २७ असोज (भोली) देखि तीन दिनसम्म समिट एयरले बझाङ र बैतडी पाटनका लागि उडान भर्ने भएको छ । समिट एयरका पश्चिम क्षेत्रीय निर्देशक सरोज उप्रेतीले २७, २८ र २९ गते निरन्तर उडान गरिने र त्यसपछि नागरिक उड्डयन प्राधिकरणको तालिका अनुसार उडान हुने बताए ।

धनगढी–बझाङ भाडादर प्रति यात्रु ५ हजार ४८ र बैतडीका लागि ३ हजार ८ सय दुई रुपैया तोकिएको छ । ‘अहिले तीन दिनसम्म उडान हुनेछ,’ उप्रेतीले भने, ‘त्यसपछि मात्र सातामा कुन–कुन वार चलाउने भन्नेमा निर्णय गरिनेछ ।’

गत शनिबार मात्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र प्राविधिकसहितको टोलीले बझाङ, बैतडीको पाटन र डोटीको दिपायलमा परीक्षण उडान गरेका थिए । परीक्षण उडान सफल भएपछि समिटले जहाज उडाउने निर्णय गरेको हो । डोटीका बारेमा भने समिटले अहिलेसम्म कुनै निर्णय गरेको छैन् । 

सिटर समिट एयरमा बझाङका लागि टिकट बुकिङ्गको काम सुरु भइरहेको उक्त एयरका धनगढीस्थित सेल्स एजेन्ट किशोर खड्काले बताए ।
तर धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले भने बझाङका लागि कहिले अवतरण हुने भनेर एकिन मिति आफू कहाँ नआएको बताए । ‘बझाङमा टावर हेर्नका लागि मान्छे पठाएका छौं, उनले भने, । ‘प्यासेन्जर पाएपछि एजेन्टमार्फत उडान हुने भएकाले मैले पनि शुक्रबार उडान हुने भन्ने सुनेको थिएँ ।’

भौगोलिक विकटता र जनसंख्याको चाप कम भएका कारण जहाजले नियमित उडान गर्न सक्छ वा सक्दैन भन्ने यकीन नभएको उनले बताए।  


धनगढी विमानस्थल । तस्बिर  फरक धार





  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १२:२२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया