आइपिएल : चेन्नईलाई हैदराबादको चुनौती

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मङ्गलबार हुने खेलमा सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्सले एक अर्काको सामना गर्नेछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

खराब लयबाट गुज्रिरहेको चेन्नईका लागि आजको खेलमा जित आवश्यक छ । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नई ७ खेलमा २ जित र ५ हारको नतिजासहित लिगको सातौं स्थानमा छ ।

अनुभवी खेलाडी रहेर पनि चेन्नईले त्यसको फाइदा उठाउन सकेको छैन । चेन्नईको ब्याटिङ फाफ डुप्लेसिसमै निर्भर देखिन्छ । उनले ३ अर्धशतकसहित ३०७ रन प्रहार गर्दा सेन वाट्सनले २ अर्धसतक सहित १९९ रन बनाएका छन् । बलिङमा साम करनले ८ विकेट हात पार्दा शार्दुल ठाकुरले ७ विकेट लिएका छन् । 

त्यस्तै, हैदराबाद पनि आजको खेलमा जित निकाल्दै अंक तालिका सुधार्ने प्रयासमा हुनेछ । हैदराबाद ७ खेलबाट ३ जित र ४ हारको नतिजासहित पाँचौं स्थानमा छ ।
हैदाराबादको ब्याटिङ कप्तान डेविट वार्नर र जोनी बेरिस्टोमै निर्भर छ ।

वार्नरले २ अर्धशतकसहित २७५ तथा बेरिस्टोले ३ अर्धशतक सहित २५७ बनाएका छन् ।  हैदराबादको बलिङ रशिद खान र टि नटराजनमा निर्भर देखिन्छ । खानले १० विकेट हात पर्दा नटराजनले ७ विकेट हात पारेका छन् । 

हालसम्म यी दुई टोलीले १३ खेलमा प्रतिस्पर्धा गर्दा चेन्नईले ९ तथा हैदराबादले ४ खेल आफ्नो पक्षमा परेका छन् । यो सिजनमा भएको पहिलो खेलमा भने हैदराबाद ७ विकेटले विजयी भएको थियो । 




 



  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १५:२७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया