प्रचण्डको सचिवालयले भन्यो– कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्ततः असफल

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली प्रदेशमा देखिएको आन्तरिक विवादलाई ‘अराजनीतिक गतिविधि’को संज्ञा दिएको छ ।  सचिवालयमा रहेकी प्रचण्डपुत्री गंगा दाहालले अराजनीतिक गविविधि अन्ततः असफल भएको बताएकी हुन् । 

आइतबार कर्णाली प्रदेशसभाका १८ सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाको केन्द्रीय राजनीति नै तरंगित बनेको थियो । 

कर्णाली प्रदेशको राजनीतिबारे छलफलका लागि नेकपाका दुई अध्यक्षबीच सोमबार र मंगलबार भेटघाट भएको थियो । दुई अध्यक्षले मुख्यमन्त्री शाही र अविश्वास प्रस्तावका नेतृत्वकर्ता यमलाल कँडेललाई काठमाडौं बोलाएका छन् । 

अप्ठ्यारो फुकाउने क्रममा शाहीले माधव नेपाल समूहलाई तीन मन्त्री र एक सचेतक दिनेगरी सहमति गरेका छन् । त्यही सहमति नै उनको पद थमौतीका लागि बरदान साबित भयो । 

सो गतिविधिबारे प्रचण्डपुत्री दाहालले ट्विटरमार्फत कर्णाली प्रदेशको अराजनीतिक गतिविधि अन्त्य भएको भन्दै नेतृत्वले देखेको एकताको सपना साकार पार्न योगदान गर्ने सबैलाई बधाई ज्ञापन गरेकी छिन् । 





  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १६:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया