मन्त्री त्रिपाठीको पित्तथैलीको शल्यक्रिया, स्वास्थ्य सुधारोन्मुख

पित्तथैलीमा पत्थरीपछि शल्यक्रिया गरिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको उनको सचिवालयले जानकारी दिएको छ । 

त्रिपाठीको सोमबार राति धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा शल्यक्रिया गरिएको थियो । यसअघि आइतबार अचानक अस्वस्थ भएपछि उनी थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएक थिए । 

थप उपचारका लागि उनलाई ग्राण्डी अस्पताल लगिएको थियो । मन्त्री त्रिपाठीको उपचारमा सोही अस्पतालका चिकित्सक डा. प्रवीणविक्रम थापा, डा. धीरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठ खटिएका छन् । 





  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १६:४९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया