जबर्जस्ती करणी प्रयासको अभियोगमा डडेल्धुराबाट एक पक्राउ

डडेल्धुराको आलिताल गाउँपालिकामा जबर्जस्ती करणी प्रयासको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा आलिताल गाउँपालिका वडा नं ५का ३५ वर्षीय पदमबहादुर खडायत छन् । डडेल्धुरा प्रहरीका अनुसार उनले सोही गाउँपालिका ८ की २३ वर्षीया महिलालाई जबरजस्ती करणीको प्रयास गरेका थिए ।  

उनलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार खडायतले बिहीबार राति अबेर ती महिला सुतेको कोठामा गई, डर धम्की देखाई जबरजस्ती करणी गर्न खोज्दा महिलाले घरपरिवारलाई खबर गरेकी थिइन् । 

लगत्तै महिलाको घरपरिवारले प्रहरी चौकी आलितालमा मौखिक जानकारी गरेका थिए । खडायतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

घटनाको सत्यतथ्य छानबिन गरी पीडकलाई कानुनअनुसार कारबाही गरी पीडितलाई न्याय दिलाइने डिएसपी नेपालले बताए ।





  • प्रकाशित मिति : असोज २७, २०७७ मंगलबार १८:१७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया