बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँ घटेको हो । मंगलबारसमेत सुनको मूल्य पाँच सय रुपैयाँ घटेको थियो ।
मंगलबार पाँच सय र बुधबार ६ सय गरेर दुई दिनमा सुनको मूल्य तोलामा ११ रुपैयाँ घटेको हो । बुधबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा ५ सय रुपैयाँ नै घटेर तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार स्थिति रहेको सुनको मूल्य आइतबार आठ सय रुपैयाँ बढेको थियो ।
यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १२ सय ५ रुपैयाँमा झरेको छ । मंगलबार पनि चाँदी तोलामा २० रुपैयाँ नै घटेर तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा अस्थिरता आएकाले सुनचाँदीको मूल्य घटबढ भइरहेको महासंघ अन्तरर्गतको भाउ निर्धारण समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।