प्रतिनिधिसभा सदस्य सानू सिवा पहाडीको निधन भएको छ । पहाडी तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद थिइने । उनको बुधबार सांसद शिवाको आज बिहान सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा निधन भएको नेकपा संसदीय दलले जनाएको छ।
केही वर्षअघि मृगौला प्रत्यारोपण गराएकी सांसद शिवाको मुटुमा समस्या आएपछि तीन दिनअघि अस्पताल भर्ना गरिएको थियो। शिवा इलाम जिल्लामा तत्कालिन नेकपा एमालेबाट राजनीतिमा सक्रिय थिइन् । उनी संस्कृतिकर्मी पनि थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।