कात्तिक ७ देखि क्लिनफिड लागु गर्नैपर्ने सरकारी निर्देशन

आगामी ७ कात्तिकसम्म विदेशी च्यानल क्लिनफिड (विज्ञापनमुक्त) गर्नैपर्ने गरी सरकारले निर्देशन दिएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधबार सूचना जारी गर्दै ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कात्तिक ७ गतेसम्म क्लिनफिड भइसक्नु पर्ने गरी विभिन्न ब्रोडकास्टरलाई निर्देशन दिएको हो ।

भारतीय विभिन्न ब्रोडकास्टरले विभिन्न समयमा क्लिनफिडको म्याद बढाउन अनुरोध गरे पनि ऐनका आधारमा उक्त नियमा लागु गर्नुपर्ने सूचनामा उल्लेख छ ।

ऐनको मर्म र भावनाअनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न मन्त्रालयले आग्रह गरेको हो । त्यसो नभएमा कानूनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १३:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया