एउटै भेडाको मूल्य पौने ६ करोड

अहिले नेपालमा दसैँको चहल–पहल छ । कोही खसी–बोका किन्ने तयारी गर्दै छन्, कोही च्यांग्रा र भेडा । च्यांग्राको मूल्य एउटैमा १० हजार बढेको समाचार पनि प्रकाशनमा आएको छ । सोही अनुपातमा भेडाको मूल्य पनि बढेको छ ।

नेपालमा भेडा–च्यांग्राको सिजन चलिरहेका वेला स्कटल्याण्डमा महँगो मूल्यमा एउटा भेडाको किनबेच भएको छ । भेडाको किनबेच लाखमा होइन, करोड मूल्यमा भएको छ । करोड पनि एक वा दुई होइन, झण्डै ६ करोडमा बिक्री भएको छ । 

टेक्सल प्रजातिको भेडा पौने ६ करोडहाराहारी अर्थात् ५ करोड ७३ लाखमा बिक्री भएको हो । सो भेडा गत महिना स्कटल्याण्डको ल्यानार्कको स्कटिस नेसनल टेक्सल सेलमा बेचिएको थियो ।

लिलाम बढाबढमा राखिएको सो भेडाको शुरुआती मूल्य १० हजार ५०० डलर थियो । एकजनाले मात्रै किन्न नसकेर सो भेडा तीनजनाले पार्टनरसिपमा किनेका थिए । लिलामीको मूल्य बढ्दै अन्ततः भेडा ४ लाख ९० हजार ६५१ अमेरिकी डलरमा बिक्री भयो । अर्थात् नेपाली मुद्रामा ५ करोड ७३ लाखभन्दा बढी मूल्यमा बिक्री भयो । 

टेक्सल भेडा दुर्लभ प्रजातिको भेडा हो । टेक्सल भेडालाई डबल डायमण्ड पनि भनिन्छ । यसको मूल्य निकै महँगो हुने गरेको छ । 





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १७:४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया