हुम्लामा नेपाली भूमि मिचिएको विषयमा तत्काल धारणा सार्वजनिक गर्न कांग्रेसको माग

चीनले हुम्लामा नेपाली भूमि मिचेको विषयमा तत्काल धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मिचिएको भूमिबारे राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कूटनीतिक संवादमार्फत समाधान खोज्‍ने प्रक्रिया तत्काल सुरु गर्न माग गरेका हुन् ।

यस विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै शर्माले हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर ढाकछोप गर्न प्रयत्नशील रहेको आरोप लगाएका छन् । 

विज्ञप्तिमा भनिएको छ– दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई चौबीसघण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक छ ।’





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १७:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया