बाबुरामलाई नेकपाको चुनौती : बुढीगण्डकीमा घुस खाएको प्रमाण भए सार्वजनिक गर
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जनता समाजवादीका नेता डा.बाबुराम भट्टराईले लगाएको आरोपप्रति सत्तारुढ दल नेकपाले आपत्ति जनाएको छ। 

बुधबार पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी भट्टराईले आधारहीन र झुठा आरोप लगाएको दावी गरेका छन्।

 पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराइले केही दिनअघि गृह जिल्ला गोरखामा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा बुढीगण्डकी परियोजनामा तीन पूर्व प्रधानमन्त्रीहरु ओली, प्रचण्ड र शेरबहादुर देउबाले ९ अर्ब घुस लिएको आरोप लगाएका थिए। 

‘अभिव्यक्ति बिलकुल आधारहीन, झूठ,गलत, कपोकल्पित एवं दुरासयपूर्ण रहेकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्यसलाई पूर्णरुपमा खारेज गर्दै घोर भर्त्सना गर्दछ।’ विज्ञप्तिमा भनिएको छ।  

त्यससँग सम्बन्धित  कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न प्रवक्ता श्रेष्ठले चुनौती दिएका छन्। 

राज्यको गरिमामय  र उच्च पद सम्हालिसकेका व्यक्तिबाट आएको आपत्तिजनक  अभिव्यक्तिका निम्ति बाबुरामले सार्वजनिक माफी माग्नुपर्ने माग नेकपाले गरेको छ। 





  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १७:४१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया