प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार तीनजना नयाँ मन्त्री नियुक्त गरेका छन् भने केहीको जिम्मेवारी हेरफेर गरेका छन् ।
नवनियुक्त तथा हेरफेरमा परेका मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
बिहीबार बिहान साढे ११ बजे शीतलनिवासमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ नेकपा महासचिव विष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका छन् ।
ओलीले रक्षा मन्त्रालय ईश्वर पोखरेलबाट खोसेर आफैँसँग राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन् ।
यसअघि महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ भने महिला बालबालिका मन्त्रालयको जिम्मा लीला श्रेष्ठलाई दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।