महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी नेकपाका तर्फबाट प्रतिनिधिसभा समानुपातिक सभासद् हुन् ।
कोभिड–१९ को लक्षण देखिएपछि स्वाब दिएर परीक्षण गराएकी उनको बुधबार पोजेटिभ रिपोर्ट आएको हो ।
हल्का ज्वरो, जिउ धेरै दुख्ने र सास फेर्न गाह्रो भएपछि उनले कोरोना परीक्षण गराएकी थिइन् । उनले आफूलाई कोभिड–१९ देखिए पनि हार नमान्ने बरु छिट्टै निको भएर काममा फर्किने बताएकी छिन् ।
उनले यो बीचमा आफ्नो सम्पर्कमा रहेकालाई जाँच गराउन र आफन्तलाई नआत्तिन भनेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।