अँग्रेजी बाजासहित हिन्दु राष्ट्रका लागि जनकपुरमा प्रदर्शन

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा नेपाल राष्ट्रवादी समूहले राजासहितको हिन्दु राष्ट्रका लागि प्रदर्शन गरेको छ । हिन्दु राष्ट्रका लागि गरिएको प्रदर्शनमा अंग्रेजी बाजा बजाइएको थियो ।

समूहका धनुषा संयोजक कारी यादवको नेतृत्वमा हिन्दु राष्ट्र कायम गर मुख्य नारासहित जनकपुरधामको विभिन्न भागमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्बिर शरीरमा टाँसेका थिए । साथै उनीहरू नेपालको राष्ट्रिय झण्डा समेत बोकेका थिए ।

प्रदर्शनमा सहभागीहरूले हिन्दु राष्ट्र कायम गर, नेपाल राष्ट्रवादी समूह जिन्दावाद जस्ता नारा लगाएका छन् । महिलाहरूले काखे बच्चा बोकेर समेत प्रदर्शनमा सहभागी भएका थिए ।

समूहका धनुषा संयोजक यादवले देशमा राजतन्त्र अन्त्य भएदेखि हरेक क्षेत्रमा बेथिति बढेकाले राजासहितको हिन्दु राष्ट्र कायम गराउन प्रदर्शन गरेको जानकारी दिए । उनले भने, ‘अहिलेका नेताहरू षड्यन्त्र पूर्वक धर्मनिरपेक्ष कायम गरेका छन् । हामीलाई धर्मनिरपेक्ष स्वीकार्य छैन । हिन्दु राष्ट्र कायम गर्नुपर्छ ।’





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १७:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया