दुवै फोक्सोमा पानी जमेका कारण पूर्वप्रधानमन्त्री खनाल केही दिन अस्पतालमै रहने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अझै केही दिन अस्पताल बस्ने भएका छन् । 

अस्वस्थ भएर ह्याम्स अस्पताल भर्ना भएका उनको दुवै फोक्सोमा पानी जमेको अस्पतालले जनाएको छ । 

हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र यही गतिमा सुधार हुँदै गए केही दिनमा डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

पूर्वप्रधानमन्त्री खनाल एक्कासि रक्तचाप बढेपछि बुधबार धुम्रबाहारीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका थिए । 

अहिले उनलाई आकस्मिक कक्षबाट क्याबिनमा सारिएको छ । 





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १८:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया