भारतकी प्रथम ओस्कार विजेता भानु अथैयाको ९१ वर्षमा निधन
फरकधार / २९ असोज, २०७७

भारतीय सिने जगतकी चर्चित फेसन डिजाइनर भानु अथैयाको ९१ वर्षको उमेरमा निधन भएको छ । उनी ब्रेनट्युमरका कारण विगत तीन वर्षदेखि थलिएकी थिइन् । 

भानुलाई सन् १९८२ मा रिलिज भएको गान्धी फिल्मको फेसन डिजाइनरका रुपमा ओस्कार अवार्डबाट सम्मानित गरिएको थियो । सिने जगतको सर्वाधिक चर्चित यो पुरस्कार पाउने उनी पहिलो भारतीय थिइन् ।

५० वर्षसम्म भारतीय सिने जगतमा सक्रिय उनले एक सयभन्दा बढी फिल्ममा फेसन डिजाइनरको काम गरेकी छन् । 

  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १९:२४:४५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया