चिनियाँ सैनिकलाई राष्ट्रपतिको निर्देशन : युद्धको तयारीका लागि पूरा दिमाग र ऊर्जा केन्द्रित गरौँ


चीनको समाचार संस्था सिन्ह्वा न्युज एजेन्सीका अनुसार चीनका राष्ट्रपति सी जिनपिङले आफ्ना सैनिकलाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् । 

सी मंगलबार चीनको गुआगडोंगको एक सैनिक बेस क्याम्पको भ्रमणमा थिए । त्यतिबेला उनले युद्धको तयारी गर्न भनेका हुन् । उनले आफ्ना सेनालाई हाई अलर्टमा रहन पनि निर्देशन दिएको जनाइएको छ ।

भारत, अमेरिका र ताइवानकोबीचमा चीनको सम्बन्ध तनावपूर्णरुपमा भएका बेला सीले सैनिकलाई युद्धको तयारी गर्न निर्देशन दिनुलाई अन्तर्राष्ट्रिय जगतमा निकै चासोका साथ हेरिएको छ ।

राष्ट्रपति सीले एक सैनिक बेस क्याम्पको भ्रमण गर्दै निर्देशनका क्रममा भने ‘आफ्नो पूरा दिमाग र ऊर्जा युद्धको तयारीका लागि केन्द्रित गरौं ।’ सी सेनझेन स्पेसल इकोनोमी जोनको ४० औँ वार्षिकउत्सवलाई सम्बोधन गर्न त्यहाँ पुगेका हुन् । 

सोमबार अमेरिकाले ताइवानलाई एड्भान्स हतियार दिने घोषणा गरेपछि चीन रुष्ट भएको छ । 





  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार २०:११:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया