एक महिना सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो

असोज महिनामा सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घटेको छ । महिनाको पहिलो दिन तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन महिनाको अन्तिम दिन शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गढबढ हुँदै बीचमा सुन तोलाको ९७ हजार २ सय रुपैयाँसम्म पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा अस्थिरता भएको सुनको मूल्य नेपालमा पनि  घटबढ भएको महासंघले जनाएको छ । 

यो साताको अन्तिम दिन शुक्रबार आज सुनको मूल्य तोलको ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ । बिहीबार अस्थिर रहेको सुन शुक्रबार चार सय रुपैयाँ बढेको हो ।  

असोज महिनाको अन्तिम सातासमेत सुनको मूल्य घटबढ भइरहयो । बुधबार सुन ६ सय रुपैयाँ घटेको थियो भने बिहीबार स्थिर रहयो। 

आइतबार आठ सय रुपैयाँ बढेको सुन, सोमबार स्थिर थियो भने मंगलबार पाँच सय रुपैयाँ घटेको थियो । 

यस्तै यो महिना चाँदीको मूल्य तोलामा एक सय २० रुपैयाँ घटेको छ । असोज १ गते तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी महिनाको अन्तिम दिन शुक्रबार तोलाको १२ सय रुपैयाँमा झरेको हो । 



यो साताको अन्तिम दिन चाँदी तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 



  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार ११:५४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया