दिनेश कार्तिकले छाडे कोलकाताको कप्तानी, मोर्गन नयाँ कप्तान

कोलकाता नाइराइडर्सका कप्तान दिनेश कार्तिकले कप्तानी छाडेका छन् । कार्तिकको ठाउँमा इयान मोर्गनलाई कप्तान बनाएको छ । मोर्गन इङ्ल्याण्डको राष्ट्रिय टोलीका कप्तान पनि हुन् । 

आइपएिल यस सिजनमा ७ खेलमा दिनेश कार्तिकले कप्तानी गरेका थिए । त्यसमा ४ खेलमा जित निकाल्न सफल भएका थिए । कार्तिकले ब्याटिङमा ध्यान केन्द्रीत गर्नका लागि आफूले कप्तानी छाडेको जानकारी दिएका छन् ।

कार्तिकको निर्णयबाट आफू दुःखी भएको भएपनि उनको इच्छाको सम्मान गर्ने कोलकताका सिइओ बेन्की माइसुरले बताए । नेतृत्वमा रहँदा टिमलाई सफलता दिलाउन  सधैँ तत्पर रहेको भन्दै माइसुरले कार्तिकको प्रशंसा गरे । 

उनले इयान मोर्गन जस्तो कप्तान पाएकोमा निकै खुसी व्यक्त गरेका छन् । ‘हामी भाग्यशाली छौँ कि २०१९ हामीले विश्वकप विजेता, मोर्गनजस्तो कप्तान पाएका छौं।’ माइसुरले भनेका छन् । उनले टिमलाई सही नेतृत्व दिनेमा विश्वस्त रहेको उनले बताए । मोर्गनले टिमको कप्तानी सम्हाली सकेका छन् । 





  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १५:६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया