नेपाल प्रहरीले ५ हजार २२७ जनाको दरबन्दीका लागि दरखास्त आह्वान गरेको छ । प्रहरी जवान पदका लागि विज्ञापन निकालेर खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार दरखास्त आह्वान गरिएको हो ।
जसमध्ये खुलातर्फ २ हजार ८१७ कोटा र बाँकी समावेशीतर्फ छ ।
कात्तिक १६ देखि मंसिर २३ गतेभित्र इच्छुक नेपाली नागरिकले फाराम भरिसक्नुपर्ने प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ । आवेदन ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दिन सकिनेछ ।
कक्षा आठ वा सोसरह पास गरेकाले फाराम भर्न पाउने सूचनामा उल्लेख छ । १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।