कर्मचारीमा कोरोना देखिएपछि विद्युत् प्राधिकरण विराटनगरको सेवा बन्द

 नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रको अत्यावश्यकबाहेकका सेवा कन्द गरिएको छ । केन्द्रका ३० जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि शुक्रबारदेखि अति आवश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

केन्द्रका प्रशासन र प्राविधिकतर्फका कर्मचारी संक्रमित भएपछि फ्यूज शाखा बाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो ।

केन्द्रको महसुल काउण्टर शुक्रबारदेखि नै बन्द गरिएको छ । अहिलेलाई अनलाइनबाट मात्रै महसुल बुझाउन सक्ने सुविधा दिइएको केन्द्रका प्रमुख राजीव सिंहले बताए ।
गत बुधबार ५० जना कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ३० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

महसुल काउण्टरमा बस्ने सबैजसो कर्मचारी संक्रमित भएको शाखा प्रमुख सिंहले बताए । लेखा, स्टोर, प्रशासन र प्राविधिकतर्फका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले बिहीबार नै सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि कार्यालय सिल गर्ने जानकारी गराएको थियो । शाखाअन्तर्गत स्थायी, करार र अस्थायी गरी १ सय ८० जना कर्मचारी छन् ।





  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १६:५८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया