सेती नदी जलविद्युत् आयोजनामा एनएमबिसहित तीन संस्थाको लगानी
फरकधार / ३० असोज, २०७७

सेती नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता भएको छ ।

२५ मेगावाटको आयोजनामा एनएमबि बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले लगानी गर्ने भएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाको लागत पाँच अर्ब रुपैयाँ रहेको छ ।

आयोजनामा एनएमबि बैंकको अगुवाइमा साढे तीन अर्ब लगानी गर्ने बताइएको छ । योसँगै एनएमबि बैंकको जलविद्युत आयोजनामा लगानी ४३ वटा पुगेको बताइएको छ ।

  • प्रकाशित मिति : असोज ३०, २०७७ शुक्रबार १७:१५:१५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया